काठमाडौं :- लागुऔषध मुद्दामा दोषी ठहर भएका एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बाराको कलैया उपमहानरपालिका–९ घर भएका २४ वर्षीय जय किशोर प्रसाद यादव छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । ३० वैशाख २०८१ मा काठमाडौँ जिल्ला अदालतले उनलाई लागुऔषध मुद्दामा २ वर्ष कैद र १ लाख जरिवानाको फैसला सुनाएको थियो ।
फरार उनलाई प्रहरीले २९ साउनमा काठमाडौंको गौशालाबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई अदालतमार्फत कारागार पठाइएको छ ।












