काठमाडौं :- बजारमा अनारको मूल्य घटेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आइतबार अनारको थोक मूल्य प्रतिकिलो २५ रुपैयाँले घटेको हो।
आइतबार अनार प्रतिकिलो न्यूनतम ३००, अधिकतम ३५० र औसत ३२५ रुपैयाँमा कारोबार भइरहेको छ। शनिबार भने न्यूनतम ३००, अधिकतम ४०० र औसत ३५० रुपैयाँमा कारोबार भएको थियो।












