काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन्।
बिहीबार साँझ बसेको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले राजीनामा दिने घोषणा गरेका हुन्। प्रदेशसभामा आफ्नो धारणा राखेपछि उनले प्रदेश प्रमुखसमक्ष पुगेर राजीनामा बुझाएका छन्।
मुख्यमन्त्री शाहको राजीनामासँगै सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने भएको छ।












