काठमाडौं :- नेपाली कांग्रेस संस्थापन इतर पक्षका नेता–कार्यकर्ताको तीन दिने राष्ट्रिय भेला काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा सुरु भएको छ। डा. शशांक कोइरालाको संयोजनमा सुरु भएको भेलामा पूर्वसभापति शेरबहादुर देउवा प्रमुख अतिथिका रूपमा सहभागी छन्।
भेलामा पूर्णबहादुर खड्का, डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, एनपी साउद र डा. प्रकाशशरण महतलगायतका शीर्ष नेताहरूको उपस्थिति रहेको छ।












