दाङ :- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीले स्वास्थ्य बिमा सेवा थप प्रभावकारी र व्यवस्थित बनाउन ओपिडी टिकट काउन्टर थप गरेको छ।
स्वास्थ्य बिमामार्फत उपचारका लागि आउने सेवाग्राहीको चाप बढेपछि टिकट वितरणलाई सहज बनाउन थप एक काउन्टर सञ्चालनमा ल्याइएको प्रतिष्ठानले जनाएको छ।
यसअघि दुईवटा काउन्टर सञ्चालनमा थिए। बिदाका दिनपछि सेवाग्राहीको चाप बढ्दा लामो लाइन र भीड हुने समस्या देखिएपछि काउन्टर थप गरिएको सूचना अधिकारी निशानदाजु भट्टराईले बताए।
निमित्त अस्पताल निर्देशक डा. सुरेश रसाइलीले सेवाग्राहीलाई छिटो, सहज र प्रभावकारी सेवा दिने उद्देश्यले काउन्टर थप गरिएको जानकारी दिए। उनले बिरामीको चाप र आवश्यकताअनुसार सेवा प्रवाहलाई थप व्यवस्थित बनाउँदै लैजाने बताए।












