काठमाडौं :- सभामुख डोलप्रसाद (डिपी) अर्यालले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावकारी रूपमा सञ्चालनमा ल्याउन सरकारस्तरमा छलफल तीव्र भइरहेको बताएका छन्।
नाट्टाको ५९औँ वार्षिक साधारण सभामा बोल्दै उनले दुवै विमानस्थलबाट नियमित हवाई सेवा सञ्चालनको वातावरण चाँडै बन्ने विश्वास व्यक्त गरे। उनले निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पनि सरकारको प्राथमिकतामा रहेको बताए।
पर्यटन उद्योगको विस्तारका लागि आधुनिक प्रविधिको प्रयोग र युवाको सहभागिता बढाउन विशेष पहल आवश्यक रहेकोमा पनि अर्यालले जोड दिए।












