काठमाडौं :- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं रोल्पाका प्रतिनिधिसभा सदस्य वर्षमान पुन ‘अनन्त’ले बाढी–पहिरो प्रभावित नागरिकको राहतका लागि आफ्नो एक महिनाको तलब सहयोग गर्ने घोषणा गरेका छन्।
उनले स्वदेश तथा विदेशमा रहेका नेपालीलाई समेत पीडितको उद्धार तथा राहतमा सहयोग गर्न अपिल गर्दै सम्बन्धित निकायसँग समन्वय गरी राहत शीघ्र पीडित परिवारसम्म पुर्याउन पहल गर्ने बताएका छन्।












