चितवन :- चितवनमा कार अनियन्त्रित भई रुखमा ठोक्किँदा एक डाक्टरको ज्यान गएको छ। मृतक भरतपुर महानगरपालिका–२ बस्ने कार चालक डा. विप्लव भट्ट हुन्।
आज बिहान करिब १ः३० बजे बा १५ च ४६९३ नम्बरको कार रमाइलो चोकबाट विशालचोकतर्फ जाँदै गर्दा अनियन्त्रित भई रुखमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिए। दुर्घटनामा गम्भीर घाइते भएका भट्टलाई उपचारका लागि पुरानो मेडिकल कलेज लगिएको थियो। तर, उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।




