काठमाडौँ :- प्रधानमन्त्री बालेन्द्र शाहले बाढीबाट प्रभावित तथा विपद् सङ्कटग्रस्त क्षेत्रका स्थानीय तहका प्रमुखहरूसँग छलफल थालेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सुरु भएको बैठकमा नुवाकोटका प्रतिनिधिसभा सदस्य डा. विक्रम तिमिल्सिना र अच्युतम लामिछानेसहित पाँच जिल्लाका १५ स्थानीय तहका प्रमुख सहभागी छन्। बैठकमा बाढीपछिको वर्तमान अवस्था, राहत तथा उद्धार, तत्कालीन आवश्यकता र दीर्घकालीन पुनःस्थापनाका विषयमा छलफल भइरहेको छ।












