काठमाडौं :- नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल चीन प्रस्थान गरेका छन्। जंगी अड्डाका अनुसार उनी २८ भदौदेखि ३ असोजसम्म चीनमा रहनेछन्।
चीन भ्रमणका क्रममा प्रधानसेनापति सिग्देलले बेइजिङमा हुने १३औँ बेइजिङ सियाङसान फोरममा सहभागिता जनाउने कार्यक्रम छ। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजङ्ग केसीले बिदाइ गरेका थिए।












