ललितपुर :- शुभकामना सन्देश जारी गर्दै उनले नेपालका विभिन्न धर्म, संस्कृति र परम्पराले समाजलाई समृद्ध बनाएको बताए।
उनका अनुसार चाडपर्वले पारिवारिक सम्बन्ध र सांस्कृतिक पहिचानलाई निरन्तरता दिनुका साथै विविधताबीच एकता, आपसी सम्मान र सामाजिक सद्भाव बढाउन योगदान पुर्याउँदै आएका छन्। तीजले सबै नेपालीको जीवनमा सुख, शान्ति, सु–स्वास्थ्य, समृद्धि र आत्मीयता ल्याओस् भन्दै उनले शुभकामना दिएका छन्।












