काठमाडौँ :- हरितालिका तीजलाई लक्षित गर्दै पशुपतिनाथ मन्दिर र आसपासका क्षेत्रमा १ हजार २ सय ५० प्रहरी परिचालन गरिएको छ। बिहान ३:१५ बजेदेखि चारवटै ढोका खुला गरिएपछि भक्तजनलाई दर्शन गर्न सहज भएको छ।
बिहान ७ बजेसम्म ९ हजारभन्दा बढी भक्तजनले दर्शन गरिसकेका छन् भने ३ हजार जना लाइनमा रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। प्रहरीले सिसिटिभी र ड्रोनबाट निगरानी गर्नुका साथै सादा पोसाकमा समेत प्रहरी खटाएको छ।












