काठमाडौँ :- नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिउँसो २ बजे बस्दैछ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा हुने बैठकका लागि कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यसँगै प्रदेश सभापतिहरूलाई पनि बोलाइएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले बताएका छन्।












