काठमाडौँ :- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको नाममा चुनाव जितेर गएपछि पार्टीको निर्णयविपरीत अन्य दलसँग जाने सांसदहरूको प्रवृत्ति स्वीकार्य नहुने बताएका छन्।
काठमाडौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले बागमती प्रदेश सरकार गठनका क्रममा एमालेले राप्रपाका सांसद किनेको दाबी गर्दै सांसद खरिद–बिक्रीको राजनीति अझै अन्त्य नभएको आरोप लगाए।
लिङ्देनले अरू दललाई मात्र दोष दिनुभन्दा आफ्नै पार्टीभित्रको कमजोरी पनि सुधार गर्नुपर्ने बताए। पार्टीका सांसदहरूलाई व्यक्तिगत नभई पार्टीका प्रतिनिधिका रूपमा जिम्मेवार भएर काम गर्न उनले आग्रह गरे।












