काठमाडौँ :- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभा बैठक बहिस्कार गरेका छन्।
भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नहुँदा आज दुवै दलले बैठक बहिस्कार गरेका हुन्।
सभामुख देवराज घिमिरेले सभा सुरु भएको घोषणा गरे लगत्तै रास्वपा र राप्रपाका सांसदहरूले विरोध जनाए। त्यसपछि सभामुखले रास्वपाका गणेश पराजुलीलाई बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा नेपालको भूमि लिम्पियाधुरा र लिपुलेकबारे कूटनीतिक दृष्टिले दह्रो रूपमा कुरा राख्न आग्रह गर्न अनुमति दिए।
अहिलेसम्म दुवै दलका सांसदहरू बैठक कक्षबाट बाहिरिएका छन्।




