काठमाडौं :- प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (शुक्रबार) प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् । बिहीबार सिंहदरबारमा बसेको प्रमुख सचेतकहरूसँग छलफलका क्रममा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको शुक्रबारको बैठकमा सम्बोधन गर्ने जानकारी प्रमुख सचेतकहरूलाई गराए ।
प्रधानमन्त्रीले भदौ १४–१८ गतेको चीन भ्रमणबारे बैठकमा जानकारी गराउनेछन् । प्रतिनिधिसभा बैठक शुक्रबार दिउँसो एक बजेका लागि बोलाइएको छ ।




