कैलाली :- कैलालीको गोदावरी नगरपालिका–९ स्थित खुटिया खोलामा नुहाउँदा ४ जना किशोरको डुबेर मृत्यु भएको छ।
प्रहरीका अनुसार मृत्यु हुनेहरूमा १७ वर्षीय सक्षम जोशी, १५ वर्षीय जेव भण्डारी, १७ वर्षीय जादेज भण्डारी र १७ वर्षीय प्रतीक चौधरी रहेका छन्।
खोलामा कुल ७ जना गए पनि तीन जना भने सुरक्षित रुपमा पौडेर बाहिर निस्किएको प्रहरीले जनाएको छ।




