काठमाडौँ :- पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिकास्थित सातकिलोमा खसेको पहिरो पन्छाएपछि काठमाडौं–मुग्लिङ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ।
आज बिहान करिब साढे तीन बजे खसेको पहिरोका कारण सडक अवरुद्ध भएको थियो। सडक पन्छाएर बिहान करिब ७:५० बजेदेखि यातायात दुवैतर्फ सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डिएसपी सुवास हमालले जानकारी दिए।
सडक खुले पनि लामो समयदेखि रोकिएका सयौं सवारीसाधनका कारण चाप बढेको छ। ट्राफिक प्रहरीको सहयोगमा ती सवारी साधनलाई क्रमशः गन्तव्यतर्फ पठाउने काम भइरहेको छ। साथै, चालकहरुलाई हतार नगरी ट्राफिक नियम पालना गर्दै सवारी चलाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले आग्रह गरेको छ।
।




