काभ्रे :- नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री कर्णबहादुर थापाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक सक्रियता नरोकिने स्पष्ट पारेका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले विद्या भण्डारी सक्रिय हुनुपर्ने कुरामा कसैको अनुमित लिनुपर्ने कुरा नभएको बताएका हुन् ।
उनले भने, ‘विद्या भण्डारी राजनीतिमा अघि बढ्नुहुन्छ । हामी मृत्यु रोजेर, जेल रोजेर जनताको लागि लडेर अघि बढेका व्यक्ति हौँ, हिजो विद्या भण्डारीले राजनीति गर्दा कहाँ राष्ट्रपति बन्छु भन्ने थियो ? राजनीतिक काम गर्दा देश छोड्नुपर्ने हो र ? कसैले देश निकाला गर्छ ? नागरिकता खोस्न सक्छ कसैले ? अनि के हो त ?’




