काठमाडौँ, जेठ ३१ :
विश्व रक्तदाता दिवसको अवसरमा काठमाण्डौ शिक्षालयद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न गरियो।
उक्त कार्यक्रमका अवसरमा विद्यालयले अभिभावक तथा इच्छुक व्यक्तिहरूलाई पनि रक्तदान गर्न अनुरोध गरेको थियो। उक्त अनुरोधलाई सकारात्मक रूपमा ग्रहण गर्दै उल्लेख्य अभिभावक तथा स्थानीय व्यक्तिहरूले रक्तदान कार्यक्रममा सहभागिता जनाएका थिए।
कार्यक्रमको प्राविधिक सहयोग ब्लड डोनर्स एशोसियसन नेपाल ललितपुर जिल्ला शाखाले गरेको थियो। काठमाण्डौ शिक्षालयले अभिभावक तथा इच्छुक व्यक्तिहरूलाई रक्तदान गर्न अनुरोध गर्दै रगत अभावका कारण कसैले पनि जीवन गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको थियो।साथै यस्तो खाले सामाजिक उत्तरदायित्व बहन गर्नमा काठमाण्डौ शिक्षालय संधैव अग्रसर रहने कुरा बिद्यालयका प्राचार्यले बताउनुभयो।




