काठमाडौँ :- प्रहरीले बैंकिङ कसुरको आरोपमा सिरहाको कर्जन्हा नगरपालिका–११ का सेफ सन्तोष साहलाई पक्राउ गरेको छ। उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार जनकपुर उपमहानगरपालिका–८ स्थित रामानन्द चोकबाट पक्राउ गरेको हो।
साहसँगै कर्जन्हा–९ का नारायण साह सुडी पनि पक्राउ परेका छन्। एक महिलाले ठगीसम्बन्धी उजुरी दिएपछि काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार गैरीधारास्थित एक रेष्टुरेन्ट खरिदका क्रममा आर्थिक लेनदेनमा विवाद उत्पन्न भएपछि बैंकिङ कसुरसम्बन्धी आरोप लागेको हो।




