काठमाडौँ :- श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले जेठ १७ गते प्रतिनिधिसभामा दिएको सीमा सम्बन्धी अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन माग गरेका छन्।
बिहीबार प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै समय लिएर बोल्दै साम्पाङले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति सच्याउनुपर्ने बताएका हुन्।
उनले प्रधानमन्त्रीले संसद्मा उपस्थित भई आफ्नो भनाइ स्पष्ट पार्नुपर्ने र उक्त अभिव्यक्तिलाई संसद्को रेकर्डबाट हटाउनुपर्ने माग गरे।
“प्रधानमन्त्रीज्यूबाट बोलिएको कुरालाई संसद्को रेकर्डबाट हटाउनुपर्छ। प्रधानमन्त्रीले संसद्मा आएर आफ्नो बोली सच्याउनुपर्छ,” साम्पाङले भने।
साथै, उनले प्रतिनिधिसभा नियमावलीको बेवास्ता भएको दाबी गर्दै संसद्का नियमहरूको पूर्ण पालना गर्न सभामुख र सरकारको ध्यानाकर्षण गराए।




