काठमाडौँ :- पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा सवारी नियम उल्लङ्घन गरेको आरोपमा २ हजार ५९८ सवारी चालक कारबाहीमा परेका छन्। कारबाहीबाट राज्यकोषमा १७ लाख ८६ हजार ५०१ रुपैयाँ राजस्व संकलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार मादक पदार्थ सेवन (मापसे) गरेका १९९ चालक, नियमविपरीत राइड सेयरिङ गरेका १६७, ट्राफिक संकेत बत्ती उल्लङ्घन गर्ने १२० तथा तीव्र गतिमा सवारी चलाउने १६८ चालकलाई कारबाही गरिएको छ।
त्यसैगरी लेन अनुशासन पालना नगर्ने १२०, निषेधित क्षेत्रमा हर्न बजाउने १२६, सडक पेटीमा सवारी पार्किङ गर्ने १५६, एकतर्फी सडकमा सवारी चलाउने १८६ र अन्य नियम उल्लङ्घन गर्ने १ हजार ३५६ चालकलाई समेत कारबाही गरिएको प्रहरीले जनाएको छ।




