काठमाडौँ :– आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ।
घरेलु टोली नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जित्दै बलिङ रोजेका हुन्।
नेपालको प्लेइङ–११ : कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), भीम सार्की, इशान पाण्डे, रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्सन झा, करण केसी, ललित राजवंशी र सन्दीप लामिछाने ।












