काठमाडौँ :– नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि विभिन्न आकर्षक सुविधाहरू सहित ‘मनसुन अफर २०८३’ सार्वजनिक गरेको छ।
आजदेखि लागू भएको यस अफरअन्तर्गत कम्पनीले प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा थप सुविधासहितका नयाँ प्याकेजहरू सञ्चालनमा ल्याएको हो ।
कम्पनीका प्रवक्ता डा. कमल लामिछानेका अनुसार अफरअन्तर्गत पोस्टपेड ग्राहकका लागि ३७३ र ४९९ रुपैयाँका आकर्षक प्याकहरू उपलब्ध गराइएको छ भने प्रिपेड प्रयोगकर्ताका लागि २० जिबी डेटा प्याक ९९ रुपैयाँदेखि १९९ रुपैयाँसम्ममा उपलब्ध गराइएको छ।
यसैगरी धेरै डेटा चलाउने प्रिपेड ग्राहकलाई लक्षित गर्दै १ हजार ४९९ रुपैयाँमा ५०० जिबी डेटा र ३५० मिनेट अल-नेट कलको विशेष सुविधा पनि थपिएको छ । यस पटकको अफरमा टेलिकमले हाल सञ्चालनमा रहेको १५ रुपैयाँको ‘नमस्ते क्रेडिट’ (सापटी) सेवालाई परिमार्जन गर्दै ३० रुपैयाँ पुर्याएको छ ।












