काठमाडौँ :- अभिनेत्री तथा फिल्म निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया भएको छ। मंगलबार माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा डा. वसन्त पन्तको नेतृत्वमा चिकित्सक टोलीले उनको शल्यक्रिया गरेको हो।
सहकर्मी दीपकराज गिरीका अनुसार शल्यक्रियापछि दीपाश्रीको स्वास्थ्यमा सुधार भइरहेको छ। उनलाई आइसीयूबाट सामान्य वार्डमा सारिएको छ भने करिब एक सातापछि अस्पतालबाट डिस्चार्ज गर्ने तयारी गरिएको छ।












