काठमाडौँ :- नेपाल ‘ए’ टोलीले एकदिवसीय अभ्यास शृंखलाको पहिलो खेलमा स्कटल्यान्डलाई ४५ रनले पराजित गर्दै विजयी सुरुआत गरेको छ ।
बिहीबार मूलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा भएको खेलमा नेपाल ‘ए’ले दिएको २७८ रनको लक्ष्य पछ्याएको स्कटल्यान्ड ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २३२ रनमै सीमित भयो ।
स्कटल्यान्डका लागि फिनले सर्वाधिक ५२ रनको योगदान दिए ।




