काठमाडौँ :- त्रिकोणात्मक एकदिवसीय अभ्यास क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपाल ‘ए’ टोलीले स्कटल्याण्डको राष्ट्रिय टोलीसामु २७८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ‘ए’ ले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २७७ रन बनाएको हो ।
नेपालका लागि देव खनालले सर्वाधिक ६३ रन बनाए । उनले ६५ बलमा ६ चौका र एक छक्का प्रहार गरे । ओपनर मयन यादवले ४५ रन बनाउँदा सन्दीप जोराले ३४, पवन सरार्फले ३१ तथा दीपक डुम्रेले अविजित २३ रन जोडे । कप्तान अनिलकुमार साहले १८ रन बनाए ।
स्कटल्याण्डका लागि ब्राण्डली करी र सफियान सरिफले समान २–२ विकेट लिए । ओलिभर डेभिडसन, ब्राण्डन म्याकमुलन, ज्याक जार्भिस र मार्क वाटले समान १–१ विकेट हात पारे । स्कटल्याण्ड अहिले जवाफी ब्याटिङमा रहेको छ ।




