काठमाडौँ :- लेखक तथा निर्देशक राजबहादुर सानेले नयाँ वर्ष २०८३ को अवसरमा नयाँ चलचित्र ‘गंगारानी’ निर्माणको औपचारिक घोषणा गरेका छन्।
उनकै लेखन तथा निर्देशनमा बन्ने उक्त चलचित्र आगामी जेठको अन्त्यतिरबाट छायांकनमा जाने तयारी गरिएको छ। प्रेमकथामा आधारित यस चलचित्रका कलाकार भने हालसम्म टुंगो लाग्न बाँकी रहेको जनाइएको छ।
चलचित्र घोषणा सँगै सार्वजनिक गरिएको थिम पोस्टरमा एक युवक गिटार बोकेर उभिएको देखिन्छ भने एक युवती गाडीमा आड लिएर उभिएकी छन्। निर्देशक सानेका अनुसार ‘गंगारानी’मा गरिब युवक र धनी युवतीबीचको प्रेमकथालाई मुख्य कथावस्तुका रूपमा प्रस्तुत गरिनेछ।




