काठमाडौँ :- विश्वको अग्रणी प्रविधि ब्रान्ड साओमीले नयाँ इन्ट्री–लेभल स्मार्टफोन ‘रेड्मी ए–सेभेन’ नेपाली बजारमा सार्वजनिक गरेको छ।
यो स्मार्टफोनमा ६.८८ इन्चको ठूलो एलसीडी डिस्प्ले, १२० हर्ज रिफ्रेस रेट र ४५० निट्स ब्राइटनेस जस्ता विशेषता रहेका छन्। ३ जीबी र्याम र ६४ जीबी स्टोरेजसहित उपलब्ध यो फोनमा ‘मेमोरी एक्स्टेन्सन’ सुविधा पनि रहेको छ।
५२००mAh ब्याट्री र १५ वाट फास्ट चार्जिङसहित आएको यस फोनमा १३ एमपी मुख्य क्यामेरा र ८ एमपी फ्रन्ट क्यामेरा राखिएको छ। यसको मूल्य १५,९९९ रुपैयाँ तोकिएको छ।




