काठमाडौँ :- लोकप्रिय फिल्म ‘आबाट आमा’को सिक्वेल बन्ने भएको छ।
निर्माण युनिटले फिल्मको मुख्य भूमिकामा पल शाह र बिपना थापालाई अनुबन्धित गर्दै फिल्मको औपचारिक घोषणा गरेको छ। सिक्वेल चन्द्र पन्तले निर्देशन गर्नेछन्।
पहिलो भाग ‘आबाट आमा’ हाल १३ करोडभन्दा बढी व्यापारसहित हलमा प्रदर्शनमा रहेको छ। निर्माण टिमका अनुसार नयाँ फिल्म वैशाखदेखि छायाँकन सुरु हुनेछ र दसैंमा प्रदर्शनको तयारी गरिनेछ।




