काभ्रे :- समाजसेवी अनिला कायस्थले स्कुलमा विद्यार्थी भाईबहिनीहरुको लागि स्टेसनरी सामान सहयोग गरेकी छिन् ।
जिल्लाको बनेपा नगरपालिका वडा नं ७ निवासी कायस्थले आफ्नो बुबा स्व. रामचन्द्र कायस्थको १८ औं वार्षिक पुण्य तिथिको अवसरमा आज जिल्लाको बनेपा नगरपालिका वडा नम्बर-१० थापागाउँ स्थित श्री धर्मज्योती आधारभूत बिद्यालयमा अध्यापन गर्ने ४० जना बालबालिकालाई स्टेसनरी सामान सहयोग गरेकी हुन्
बुबाको वार्षिक पुण्य तिथिको अवसरमा स्कुलमा स्टेसनरीहरु कापी १००८ थान, पेन्सिल ५०० थान, कलर ३० बक्स, कटहर ३०० थान र ईरेजर ६०० थान गरि विभिन्न प्रकारका सामाग्रीहरु सहयोग गरेकी हुन् । बुबाको पुन्य तिथिको अवसरमा स्कुलमा सानो सहयोग गर्न पाउँदा खुशी प्राप्त भएको समाजसेवी कायस्थले बताईन् । कायस्थले यस अघि आफ्नो आमा/बुबाको वार्षिक पुन्य तिथिको अवसरमा जिल्लाका विभिन्न सामाजिक संघ संस्थालाई सहयोग गर्दै आएकी छिन् ।
उक्त हस्तान्तरण कार्यक्रम बनेपा नगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष चन्द्र बहादुर खड्काको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । खड्काले यस आधारभूत बिद्यालय सहयोग गरेको कायस्थ परिवारलाई धन्यवाद व्यक्त गरे ।
आफ्नो बुबाको पुन्य तिथिको अवसरमा स्कुलका विद्यार्थी बालबालिकाहरुलाई सहयोग गरेर साथ दिएकोमा सहयोगी एवं समाजसेवी अनिला कायस्थप्रति बिद्यालयका प्राध्यापक रामहरी थापाले धन्यवाद व्यक्त गरे ।
उक्त कार्यक्रममा बनेपा नगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष चन्द्र बहादुर खड्का, बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष मनोज थापा, समाजसेवी एव नेपाली कम्युनिष्ट पार्टीको केन्द्रिय सदस्य सबर कुमार प्रजापति, समाजसेवी कायस्थका छोरीहरु अलिना श्रेष्ठ, अलिशा श्रेष्ठ, अभिलाशा श्रेष्ठ, नातिनीहरु एरिक मोक्तान र एफ्रिन प्रजापति लगाएतको उपस्थितिमा स्टेसनरी सामाग्री हस्तान्तरण गरेकी हुन् ।




