काठमाडौँ :- आईसीसी टी–२० पुरुष विश्वकप क्रिकेटको दोस्रो खेलमा नेपालले आज (बिहीबार) इटालीसँग भिड्दैछ। पहिलो खेलमा इंग्ल्यान्डसँग चार रनले पराजित भएको नेपाल दोस्रो खेलमा पहिलो जित निकाल्ने लक्ष्यका साथ मैदानमा हुनेछ।
नेपाल र इटालीबीचको खेल भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा दिउँसो ३:१५ बजे सुरु हुनेछ। पहिलो खेलमा इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ६ विकेट गुमाएर १८० रनमै सीमित भएको थियो।
भारत र श्रीलंकाको संयुक्त आयोजना रहेको अईसीसी टी–२० विश्वकप २०२६ को समूह चरणमा नेपालले चार खेल भारतमै खेल्नेछ। अहिलेसम्म विश्वकपमा जितविहीन नेपालले इटालीलाई हराउँदै पहिलो जीत दर्ता गर्ने योजना बनाएको छ।
नेपाल र इटली दुवै टोली पहिलो जितको खोजीमा हुने हुँदा यो खेल निर्णायक बन्ने सम्भावना छ। विजयी टोलीले सुपर ८ प्रवेशको अवसर कायम राख्नेछ भने पराजित टोलीको सम्भावना कमजोर हुनेछ। नेपालले इटलीसँग १३ वर्षपछि खेल्दैछ र १२ वर्षपछि पहिलो पटक विश्वकप खेलमा जीतको खोजीमा छ; नेपालले सन् २०१४ मा अफगानिस्तानविरुद्धको खेल जितेको थियो।




