काठमाडौँ :- खोटाङको हलेसीमा एक चिनियाँ महिला पक्राउ परेकी छन्। जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार, मंगलबार दिउँसो चीनको जिन्स्यु नन्याङ रोडकी ३५ वर्षीया जिओ जियायिन नामक महिला हलेसीमा पक्राउ परेकी हुन्।
प्रहरीले जानकारी दिएअनुसार, महिला गैरकानुनी रूपमा हलेसीमा बस्दै आएकी थिइन्। उनलाई आवश्यक कारबाहीका लागि अध्यागमन विभागमा पठाइएको छ।












