काठमाडौँ :- आईसीसी मेन्स टी-२० विश्वकप २०२६ को लागि नेपाल क्रिकेट संघ (क्यान) ले २४ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको छ। यो विश्वकप आगामी फेब्रुअरी ७ देखि ८ मार्चसम्म भारत र श्रीलंकामा हुने छ। नेपालले बंगलादेश, इङल्यान्ड, इटाली र वेष्ट इण्डिजसँग एकै समूहमा स्थान पाएको छ।
नेपालको पहिलो खेल फेब्रुअरी ८ मा इङल्यान्डसँग हुनेछ। यसका अतिरिक्त, नेपालले फेब्रुअरी १२ मा इटाली, १५ मा वेष्ट इण्डिज र १७ मा बंगलादेशसँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ।
प्रारम्भिक टोली यस प्रकार छ:
रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, लोकेश बम, आरिफ शेख, आदिल आलम, करण केसी, साहब आलम, शेर मल्ल, भीम सार्की, इशान पाण्डे, बसिर अहमद, विनोद भण्डारी, अविनास बोहोरा, प्रतिश जि.सी, रुपेश सिंह



