काठमाडौं :- लुम्बिनी लायन्सले विराटनगर किंग्सविरुद्ध ४० रनको जित निकाल्दै नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा स्थान बनाएको छ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा भएको खेलमा लुम्बिनीले विराटनगरलाई १३५ रनको सामान्य लक्ष्य दिइएको थियो, तर विराटनगर १७.५ ओभरमा मात्र ९४ रनमा समेटियो।
अब लुम्बिनीले उपाधिका लागि साविक उपविजेता सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ।




