काठमाडौँ :- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार दुई खेल निर्धारित छन्। सोमबार ‘ब्रेक’ दिइएपछि आज पुनः प्रतियोगिता सुरु हुँदैछ।
पहिलो खेलमा जनकपुर र चितवन आमनेसामने हुनेछन्, जसको सुरुवात बिहान ११:४५ बजे हुनेछ। दोस्रो खेलमा अपराह्न ४ बजे पोखरा र कर्णाली भिड्नेछन्।
साविक विजेता जनकपुर यस सिजन अझै जितविहीन छ र चार खेलपछि पनि खाता खोल्न संघर्षरत छ। त्यसैले आजको खेलमा सान्त्वना जित हासिल गर्ने लक्ष्य लिएर मैदानमा उत्रनेछ। चार अंक जोडेको चितवन भने जनकपुरलाई पराजित गर्दै प्लेअफ नजिकिने लक्ष्यमा हुनेछ।
अर्कोतर्फ, दोस्रो खेलमा पोखरा र कर्णाली याक्स प्रतिस्पर्धा गर्दैछन्। दुवै टिमको अवस्था मिल्दोजुल्दो छ—उनीहरूको खातामा दुई–दुई अंक मात्रै छन्। कर्णालीले पाँच खेल खेलेको छ भने पोखराले चार खेल खेलेको छ। दुवै टिम तालिकाको तल्लो भागबाट माथि उक्लिने प्रयासमा छन्।



