काठमाडौँ :- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेलमा चितवनले लुम्बिनीलाई १४३ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ७ विकेट गुमाएर १४२ रन बनाएको हो।
चितवनका लागि रबि बोपाराले उत्कृष्ट प्रदर्शन गर्दै ६६ रनको योगदान दिए।



