काठमाडौं :- आइसिसी टी–२० विश्वकप एसिया तथा पूर्वी एसिया–प्यासिफिक क्षेत्र छनोट अन्तर्गत नेपाल आज समूह चरणको अन्तिम खेलमा जापानसँग प्रतिस्पर्धा गर्दैछ। खेल ओमानको अल अमिरत क्रिकेट स्टेडियममा नेपाली समय अनुसार साँझ सवा चार बजे सुरु हुनेछ।
नेपालले समूह चरणको पहिलो खेलमा कुवेतलाई ५८ रनले पराजित गरेको थियो। त्यसपछि जापानसँग पराजित भएपछि कुवेत समूह चरणबाटै बाहिरिएको छ।
समूह ‘बी’ का दुवै टोली—नेपाल र जापान—पहिले नै सुपर सिक्समा प्रवेश गरिसकेका छन्। आजको खेल समूह विजेता निर्धारण गर्नेछ, जसकाे विजेता टोली सुपर सिक्समा शीर्ष स्थानबाट प्रवेश गर्नेछ।
यस प्रतियोगितामा ९ टिमलाई तीन समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहका शीर्ष दुई टोली सुपर सिक्स चरणमा पुग्ने व्यवस्था गरिएको छ।


