काभ्रे :- नेपाल टेलिकमले नेटवर्कमा समस्या देखिएका बेला खरिद गरिएका प्याकेजको रकम फिर्ता गरेको छ । साउन १२ गते (सोमबार) नेपाल टेलिकमको नेटवर्कमा देखिएको समस्याका कारण केही ग्राहकले एउटै प्याकेज दोहोर्याएर खरिद गर्नुपरेको थियो ।
खरिद गरिएका तर प्रयोगमा नआएका प्याकेजको रकम ग्राहकको ब्यालेन्समा फिर्ता गरिएको टेलिकमले जनाएको छ । टेलिकमले कुनै गुनासो वा जिज्ञासा भए निःशुल्क सेवा नम्बर १४९८ मा सम्पर्क गर्न सक्ने आग्रह गरेको छ ।




