ट्रेन्डिङ

राष्ट्रपति पौडेलद्वारा तीन वटा विधेयक प्रमाणीकरण

करेन्ट लागेर एक युवकको मृत्यु

आवश्यक परे सडकबाट पनि विरोध गरिन्छ : अध्यक्ष लिङ्देन

प्रधानमन्त्रीद्वारा शिक्षण अस्पतालको विस्तारित सेवा भवनको उद्घाटन

संसद् विरोधको थलो होइन : सभामुख घिमिरे

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : अध्यक्ष प्रचण्ड

हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

प्रधानमन्त्रीबाट हुलाकी राजमार्गको रतुवा पुल उद्घाटन

मनसुनजन्य विपद् जोखिम न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली चुस्त पारिएको छ : गृहमन्त्री लेखक

रसुवा बाढीपीडितको राहत, उद्धार र पुनःस्थापनामा सांसदको जोड

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

नेप्सेमा ३१ अंकको वृद्धि

साउथका चर्चित खलनायक कोटा श्रीनिवासको निधन

सुनसरीमा घरभित्रै मृत भेटिए दम्पत्ति

सिरहामा दुई क्विन्टलभन्दा बढी गाँजासहित युवक पक्राउ

नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाटः सभामुख घिमिरे

स्पेनमा मान्छे छाडेर आयो भन्दै अराजक तत्त्वले घटिया प्रचार गरे : प्रधानमन्त्री

रवि बज्राचार्यको सुमधुर स्वरमा “निश्चल तिम्रो आँखा” राज फैजु र अस्मिता लामिछाने अभिनय

कोकिनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ

ठमेलमा पर्यटन सूचना केन्द्र स्थापना

जनसाङ्ख्यिक चुनौती समाधान गर्न राष्ट्रिय नीति आवश्यक छ : मन्त्री पौडेल

‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’

ज्येष्ठ नागरिकसम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव कार्यान्वयन गर्न निर्देशन

सुनिल पौडेलविरूद्ध अर्को भ्रष्टचार मुद्दा

विदेश भ्रमणमा जानेले अब तीन हजार अमेरिकी डलरसम्म साट्न पाउने

सरकारले गर्नुपर्ने काम मानवसेवाले गरिरहेको छः अध्यक्ष दाहाल

काठमाडौं महानगरको बजेट सीमा २५ अर्ब

बाढीपहिरो र सुख्खाबाट प्रभावितलाई आवश्यक सहयोग गर्न सरकारको ध्यानाकर्षण

एसीसी यू-१६ इस्ट जोन कप विजेता टोलीलाई नगद पुरस्कार दिने क्यानको घोषणा

आजको सुनचाँदीको मूल्य

उद्यमशीलताबाट समृद्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री ओली

चन्दा सङ्कलन गरेर प्रहरी चौकी

बाढीसम्बन्धी गलत सूचना रोक्न टिकटकको अभियान

वीरगञ्ज महानगरमा सार्वजनिक शौचालय नहुँदा समस्या

ग्लोबल आईएमईले पायो २०२५ का लागि उत्कृष्ट बैंकको उपाधि

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

आज एमाले जनसङ्गठन पदाधिकारीको भेला

तीन महिनाको तलब प्रधानमन्त्री राहत कोषमा दिने सांसद तामाङको घोषणा

जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने

रसुवा बाढीमा बेपत्ताको खोजी कार्य जारी

सुनचाँदी व्यवसायी महासङ्घद्वारा ऱ्याली सहित कोणसभा

बाढीपहिरोले देशका प्रमुख १० राजमार्ग पूर्णरूपमा अवरुद्ध

बेसीसहर–चामे सडकमा राति सवारी सञ्चालनमा रोक

सिद्धबाबामा पहिरोमा परी श्रीमानको मृत्यु, श्रीमती घाइते

८ प्रकारका बिरामीलाई २ लाखको ‘स्वास्थ्य बीमा’

अमेरिकाको टेक्सास रहेका नेपालीलाई सतर्क रहन प्रधानमन्त्री ओलीको आग्रह

अस्ट्रेलियन टप एन्ड टी–२० सिरिजको खेल तालिका सार्वजनिक

परराष्ट्र मन्त्री राणा र जर्मनीका विदेश मन्त्रीबीच भेटवार्ता

सेयर बजारमा सामान्य गिरावट

कुलमान घिसिङले कतारबाट घोषणा गरे ‘उज्यालो अभियान’

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

बाढीको वितण्डापछि हेलिकोप्टरमा रसुवा जाँदै प्रधानमन्त्री

चीनमा २ सय बालबालिकालाई विषाक्त सिसा दिएको आरोपमा प्रिन्सिपल पक्राउ

आन्दोलनरत चिकित्सकका माग सम्बोधन गर्न सांसदको माग

७० वर्ष पुरानो माटे सिँचाइ पोखरी पक्की बनाइयो

वीरगञ्जमा खानेपानीको हाहाकार

झण्डै १४ खर्ब पुग्याे व्यापार घाटा

आज पनि रास्वपा र राप्रपाद्वारा संसद् बहिष्कार

रसुवा बाढी: ५० जनाको उद्धार

एक महिनामै १ खर्ब ७६ अर्ब रेमिट्यान्स भित्रियो

भारतीय नागरिक पेस्तोलसहित पक्राउ

प्रमुख दुई दलका शीर्ष नेताको छलफल

सर्वोच्चका नवनियुक्त न्यायाधीशहरुले लिए शपथ

रसुवा बाढीबारे छलफल गर्न आकस्मिक बैठक बोलाइयो

चेपाङ समुदायका २९३ जना विद्यार्थीलाई सहयोग

त्रिशूलीमा बाढीमा फसेका दुईजनाको हेलिकोप्टरबाट उद्धार

जनकपुरमा रेलको ठक्करबाट एक जनाको मृत्यु

गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्रीबीच भेटवार्ता

सर्वोच्चको आदेशलाई हस्ताक्षरले बदल्न सक्दैन : सांसद थापा

नेप्से २२ अंकले घट्यो

स्वदेश फर्कियो नेपाली महिला टिम, साम्बा भन्छिन्– ठूलो अवसर गुमायाैं

स्पेन भ्रमणबारे प्रधानमन्त्रीले गराए सदनलाई जानकारी

रोमानिया र सर्बिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

दक्ष खेलाडी उत्पादनमा सबैको ध्यान जान जरुरी : राष्ट्रपति पौडेल

‘कुलिङ पिरियड’को चलखेल पत्ता लगाउन समितिलाई २१ दिनको समय

बागमतीमा २० प्रतिशत धान रोपाइँ

प्रधानमन्त्री ओली र स्वीट्जरल्याण्डका विदेशममन्त्रीबीच भेटवार्ता

देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द

गण्डकी प्रदेशसभा बैठक बस्दै

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

पाटे बाघको छालासहित तीन जना पक्राउ

महाकाली नदी किनारका बस्ती जोगाउन ठूलो वर्षा हुनुअघि नै बाँध निर्माण हुन्छ : गृहमन्त्री लेखक

५ खर्ब २० अर्ब रुपैयाँ थन्कियो, लगानीको अवसर छ : गभर्नर पौडेल

सुनचाँदी व्यवसायीद्वारा संयुक्त विरोध कार्यक्रमको तालिका सार्वजनिक

५ कम्युनिस्ट पार्टीहरूको बैठक माओवादी केन्द्रको कार्यालय

टेक्सासमा विनाशकारी बाढी : मृत्यु हुने सङ्ख्या २५ पुग्यो, उद्धार कार्य जारी

झापामा पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित

एसीसी यु–१६ फाइनल : सिंगापुरद्वारा नेपालसामु ११४ रनको लक्ष्य

साउनदेखि नियुक्त हुने सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने

बिपी राजमार्गको काभ्रे खण्डमा राति यातायात सञ्चालनमा रोक

९ जना जुवाडे पक्राउ

सवारी लाइसेन्ससँग सम्बन्धित सबै सेवा बन्द

काठमाडौँमा सुनचाँदी व्यवसायीद्वारा विलासी करको विरोध गर्दै प्रदर्शन

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

भोजपुर क्याम्पसलाई छ लाखको स्मार्ट बोर्ड हस्तान्तरण

संवैधानिक निकायको काममा अब तीव्रताको अपेक्षा गरौं : महासचिव पोखरेल

‘पेन्सनपट्टा’मा दयाहाङ राई अनुबन्धित

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

नेपाल एसीसी यू-१६ इस्ट जोन कपको फाइनलमा प्रवेश

पत्रकार बजगाईको जन्मोत्सवमा पत्रिकाको तर्फबाट मानव कल्याण समाजलाई नगद सहयोग

चितवनमा निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमण बढ्ने चिन्ता

चितवन । जिल्लामा निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमण बढ्ने चिन्ता व्यक्त गरिएको छ । गत साउन २८ गतेदेखि जारी निषेधाज्ञा भदौ ३१ गतेपछि खुकुलो बनाइएको छ । सर्वसाधारणले प्रशासनको आदेश पूर्ण पालना नगर्दा सङ्क्रमण फैलिन सक्ने चिन्ता व्यक्त गरिएको हो ।

जिल्लामा सङ्क्रमित बढे पनि व्यापार व्यवसाय चलाउनु पर्छ भन्ने आवाज चर्को बन्दै गएपछि प्रशासनले केही खुकुलो गरेको हो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले समाजभन्दा प्रशासक अलग्गै जान नसक्ने भएपनि समाजको आवाजलाई सम्बोधन गर्दै निषेधाज्ञा खुकुलो बनाइएको बताए । सरकारले गरेको अनुरोधलाई सर्वसाधारणले पूर्ण पालना गरेमा सङ्क्रमण फैलिन नपाउने उनको भनाइ छ । सर्वसाधारणले वेवास्ता गरेमा भने सङ्क्रमण बढ्न सक्ने चिन्ता उनले व्यक्त गरे ।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारी ६ महिनाको लकडाउनको परीक्षणपछि नयाँ ढङ्गको परीक्षण शुरु भएको बताउँछन् । तिवारीले भने, “एउटा चरणमा पूर्ण लकडाउन गरियो । समुदायमा जानबाट रोकिएको पनि हो । बीचमा लकडाउन केही खुकुलो हुँदा समुदायमा फैलियो ।” पूर्ण लकडाउन गरेरै सङ्क्रमण रोक्न सकिन्छ भन्ने हाम्रो आवाज मधुरो बन्दै गएको र अब खोल्नुपर्छ भन्ने आवाजले जित्दै गएपछि खुकुलो भएको उनको कथन छ । अब कोरोनासँग ‘लिभिङ टुगेदर’ गरेरै अघि बढ्नु पर्ने उनले सुझाए ।

स्वास्थ्य कार्यालयले पनि अब सङ्क्रमण रोक्न भन्दा पनि मृत्यु हुन नदिनेतर्फ पहल गर्ने उनको भनाइ छ । तिवारीले भने, “अब हामी सिकिस्त बिरामी र लक्षण भएकाहरुको व्यवस्थापनमा लाग्छौं ।” समुदायस्तरमा फैलिएको सङ्क्रमणले प्रतिरोधात्मक क्षमता पनि बढाउँदै लगेको भरतपुर अस्पतालका अध्यक्ष डा भोजराज अधिकारी बताउँछन् । उनले भने, “कतिपयलाई थाहै नपाई सङ्क्रमण भएर निको भइसक्यो, कतिपयलाई कोरोना सामान्य रोग हो भन्ने मनोबल बढेको छ ।”

समाजमा लक्षण नदेखिएका सङ्क्रमित बढ्दै जाँदा त्यसले जोखिम कम हुँदै जाने उनको भनाइ छ । डा.अधिकारी अहिले ६८ प्रतिशत लक्षण नभएका र ३२ प्रतिशत लक्षण भएका सङ्क्रमित रहेको बताउँछन् । उनका अनुसार तीन प्रतिशत सङ्क्रमित मात्रै गम्भीर बिरामी भएका छन् । लकडाउन खुकुलो हुँदै जाँदा लक्षण नहुने सङ्क्रमित बढ्दै जाने उनको अनुमान छ । उनले भने, “अब लक्षण नभएका सङ्क्रमित ८० प्रतिशतसम्म पुग्न सक्छ ।” तर मौसम चिसो हुँदै जाँदा दीर्घरोगीहरु भने बढी जोखिममा पर्ने डा अधिकारीको भनाइ छ । उनले भने– “जाडोमा दीर्घ रोग बढी सक्रिय हुन्छ, त्यसमाथि कोरोना सङ्क्रमण भयो भने जोखिम उच्च हुन्छ ।” दम, बाथलगायतका रोगहरुले जाडो महिनामा बढी दुःख दिने बताउँदै उनले यस्ता वर्ग कोरोना सङ्क्रमणबाट बच्नु पर्ने सुझाव दिए ।

उनले भने– “जाडो महिनामा दीर्घरोगी धेरैको मृत्यु हुने गरेको छ, कोरोना सङ्क्रमणका कारण यो सङ्ख्या थपिन सक्छ ।” उद्योग वाणिज्य महासङ्घ बागमतीका उपाध्यक्ष राजन गौतम रोगले भन्दा भोकले धेरै मानिसको मृत्यु भएको भन्दै निषेधाज्ञा र लकडाउनले पनि रोग फैलिनबाट रोक्न नसकेको बताउँछन् । उनले सरकारको स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गरेर अर्थव्यवस्थालाई चलायमान बनाउनु पर्ने बताए । उनले भने, “सङ्क्रमणबाट जतिको मृत्यु भयो, त्योभन्दा बढी गरिबीका कारण मानिसले ज्यान गुमाउनु परेको छ ।”

जिल्लामा हालसम्म एक हजार ५१९ जनामा सङ्क्रमण पुष्टि भएको छ । यसमध्ये ३१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये १७ जना चितवनका हुन् भने अन्य जिल्लाका सङ्क्रमित हुन् । देशकै मध्यभाग भएकाले अन्यत्रबाट सङ्क्रमितहरु यहाँ उपचार र रोजगारीका लागि धेरै आउने गर्दछन् । यसका कारण सबैभन्दा बढी अस्पताल र त्यसपछि उद्योग कलकारखाना सङ्क्रमणको जोखिममा छन् । लकडाउन खुकुलो भएसँगै मानिसको आवागमन बढ्ने हुँदा सङ्क्रमण झनै फैलिन चिन्ता गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय