काठमाडौँ :- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय युएई शृङ्खलामा नेपाल र अमेरिकाबीचको खेल सुरु भएको छ।
दुबई इन्टरनेशनल क्रिकेट मैदानमा जारी खेलमा टस जितेर अमेरिकाले फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्दैछ। लगातार दोस्रो हार बेहोरेको नेपाल आजको खेलमा जित निकाल्ने लक्ष्यमा छ र अमेरिकासँगको पहिलो खेलको हारको बदला लिन चाहन्छ।
यसअघि नेपालले अमेरिकासँग १०६ रन र युएईसँग ५ विकेटले पराजित भएको थियो। लिगमा २२ खेल खेलेको अमेरिका ३२ अंकसहित शीर्ष स्थानमा छ भने १८ खेल खेलेको नेपाल १२ अंकसहित सातौँ स्थानमा छ। यस्तै, १८ खेलबाट ८ अंक जोडेको युएई अन्तिम स्थानमा छ।
नेपालले यो शृङ्खलाको अन्तिम खेल आगामी बुधबार युएईसँग खेल्नेछ।



