काठमाडौँ :- टी–२० एशिया तथा इस्ट एशिया–प्यासिफिक छनोटमा नेपालले ओमानलाई ३८ रनले पराजित गर्दै अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ। यस जितसँगै नेपालले उपाधि जित्ने सम्भावना अझ बलियो बनाएको छ।
टस जितेर ब्याटिङ रोजेको नेपालले २० ओभरमा ९ विकेटको क्षतिमा १५१ रन बनायो। जवाफमा ओमानले २० ओभरमा ९ विकेट गुमाउँदै ११३ रन मात्र जोड्न सक्यो।
नेपालले यसअघि नै सन् २०२६ मा भारत र श्रीलंकामा हुने पुरुष टी–२० विश्वकपका लागि छनोट पूरा गरिसकेको छ। विश्वकपमा २० टिम सहभागी हुनेछन्।
यो नेपालको तेस्रो विश्वकप यात्रा हो। आईसीसी टी–२० विश्वकप छनोट अन्तर्गत नेपालले अब अन्तिम खेलमा भोलि सामोआसँग प्रतिस्पर्धा गर्नेछ।


