काठमाडौँ :- आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्स चरणमा नेपाल आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ।
सुपर सिक्समा यूएईलाई १ रनले र कतारलाई ५ रनले हराइसकेको नेपालका लागि आजको खेल निर्णायक मानिएको छ। ओमानलाई पराजित गर्न सके नेपाल सन् २०२६ मा भारत र श्रीलंकामा हुने टी–२० विश्वकपका लागि छनोट हुनेछ। नेपाल र ओमानबीचको यो महत्वपूर्ण खेल सोमबार राति ८ः४५ बजे सुरु हुनेछ।
नेपालले सुपर सिक्स अन्तर्गत आफ्नो अन्तिम खेल शुक्रबार सामाओसँग खेल्नेछ।
सुपर सिक्स चरणमा नेपाल, यूएई, ओमान, जापान, कतार र सामाओ सहभागी छन्। यी मध्ये शीर्ष तीन टोलीले टी–२० विश्वकपमा सहभागिता सुनिश्चित गर्नेछन्।


