काभ्रे :- अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा नेपालले पहिलो जित दर्ता गरेको छ । चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले पराजित गर्यो ।
१८१ रनको लक्ष्य पछ्याएको होबार्ट १६.१ ओभरमै ११४ रनमा अलआउट भयो । नेपालको जीतमा नन्दन यादव चम्किए, उनले ३ ओभरमा १७ रन खर्चेर ५ विकेट लिए । यस्तै कप्तान रोहित पौडेल, कुशल भुर्तेल, रिजन ढकाल र सन्दीप लामिछानेले समान १–१ विकेट योगदान गरे ।




