
काभ्रे: बनेपा नगरपालिका वडा नम्बर ९ मा निशुल्क दन्त शिबिर आयोजना गरेको बनेपा डेण्टल केयरले आज (असार ४ गते शनिबार) भने बनेपा ८ मा पनि निशुल्क दन्त शिविरको आयोजना गरेको छ।
उक्त शिविरमा बच्चा देखि युवा सबैको उल्लेखिए उपस्थिति रहेको थियो भने शिबिरमा बनेपा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्य, वडा नम्बर ८ कि प्रमुख शुभलक्ष्मी मानन्धर, वडा नम्बर ९ का प्रमुख नृपेश बादे, वडा नम्बर १०का प्रमुख चन्द्र बहादुर खड्का, वडा नम्बर ११ का प्रमुख शिव थापा लगाएतको उपस्थिति रहेको थियो।
सामाजिक उत्तरदाइत्व बहन गर्दै जाने क्रममा यस्ता शिबिरहरुलाई निरतन्तरता दिइएको डेन्टल केयेरका मेनेजिङ्ग डिरेक्टर विजय बोगटीले जानकारी दिनु भयो।
जनप्रतिनिधिका रुपमा निर्वाचित भए पछि पहिलो पटक दन्त शिविरको आयोजना गरेर वडा बासीको सेवा गर्न पाएकोमा खुसि लागेको वडा नम्बर ८ का वडा सदस्य युगेश्वोर कायस्थले बताउनु भयो।