काठमाडौँ :- सप्तरीको राजविराज कारागारमा विवाद भएको छ । शनिबार विहान राजविराज कारागारमा विवाद भएपछि पाँचजना कैदीबन्दीले मट्टितेल छेर्केर आत्मदाहको प्रयास गरेका छन् ।
कारागारका रुपक मण्डलका अनुसार दुईरतीन दिनदेखि कैदीबन्दीहरूको आन्तिरक विवाद भइरहेको थियो । सोही विषयमा असन्तुष्ट पक्षले आत्मदाहको प्रयास गरेको उनले जानकारी दिए । उनका अनुसार अहिले आन्तिरक छलफल भइरहेको छ ।
सहमतिनजिक रहेको उनले बताए पनि कुन विषयमा किन विवाद भएको उनले खुलाउन चाहेनन् । आत्मदाहको प्रयास भएको तर च्याम्बरमै चिकित्सक टोली र एम्बुलेन्स भएको हुनाले कुनै क्षति नभएको उनको दाबी छ ।
सबैसँग सम्मान व्यवहार हुनुपर्ने कैदीबन्दीको माग रहेको उनले बताए । प्रहरीभित्र जान खोज्दा आत्मदाहको प्रयास गरेको उनको भनाइ छ ।












