काठमाडौँ :- आत्मदाह प्रयासपछि गम्भीर घाइते भएका मुगुको सोरु गाउँपालिका–१ निवासी २५ वर्षीय गणेश नेपालीको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेका अनुसार सघन उपचारमा रहेका नेपालीको स्वास्थ्य अवस्था थप जटिल बनेपछि उनको मृत्यु भएको हो।
यसअघि वीर अस्पतालले पत्रकार सम्मेलनमार्फत नेपालीको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर रहेको र जुनसुकै बेला थप जटिलता आउन सक्ने जनाएको थियो। चिकित्सकहरूले पनि उनको अवस्थाबारे निश्चित रूपमा केही भन्न नसकिने बताएका थिए।












