काठमाडौँ :– सरकारले सुनसरीको देवानगञ्ज घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ।
गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा गठन गरिएको समितिलाई एक साताभित्र प्रतिवेदन बुझाउन समयसीमा तोकिएको गृह मन्त्रालयका सहप्रवक्ता रमा आचार्यले जानकारी दिइन्।
सुनसरी घटनाबारे थप छलफल गर्न आज साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठकसमेत बोलाइएको छ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगन्जमा दुई समूहबीच भएको विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ।












