काठमाडौँ :- बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र बाँकेमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार स्याङ्जामा ट्रेलरको ठक्करबाट मोटरसाइकल चालक, सप्तरीमा ट्रकमा मोटरसाइकल ठोक्किँदा चालक, मकवानपुरमा ट्याक्टर दुर्घटनामा चालक, रौतहटमा अटो र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक तथा बाँकेमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको ज्यान गएको हो।
प्रहरीले सबै घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।












